बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति 'स्वस्पर्श' विमोचन

भाद्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति 'स्वस्पर्श' विमोचन

काठमाडौं । बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति 'स्वस्पर्श' शनिबार काठमाडौंमा विमोचन गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा लेखक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार एवं प्राज्ञ अमर न्यौपाने र लेखक डा. नवराज केसीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो । 

त्यसअवसरमा आख्यानकार अमर न्यौपानेले पुस्तक स्वस्पर्श मानिसको मनोवैज्ञानिक उपचारका लागि ओखतीका रूपमा आएको बताउनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पुस्तक सबैका लागि उपयोगी रहेको बताउनुभयो ।

कार्यक्रममा लेखक डा. केसीले नेपाली समाजलाई उपयोगी पुस्तक दिने मनसाय भएर आफ्नै जन्मस्थान कर्णालीको कथा आफूले लेखेको उहाँले जानकारी दिनुभयो । उहाँले स्वस्पर्श सबै पुस्ता र सबै उमेर समूहका मान्छेको आफ्नै किताब भएको बताउनुभयो । 

कितावभित्रका दु:खदायी कथाहर"का सन्दर्भ भनिरहँदा उपस्थित धेरै भावुक बनेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.