केरूङमा अलपत्र परेका १६७ जना नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश ल्याइयाे

श्रावण २८, २०८२ |कमला पाख्रिन
केरूङमा अलपत्र परेका १६७ जना नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश ल्याइयाे

सिन्धुपाल्चोक । भोटेकोशीको बाढीले रसुवाका केरूङमा अलपत्र परेका १ सय ६७ जना नेपाली तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ ।

गत असार २५ गतेको भोटेकोशी बाढीले मितेरी पुल बगाएपछि केरूङमा होटल तथा पर्यटन क्षेत्रमा बस्दै आएका नेपालीहरूलाई नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलमा तिब्बतको केरूङबाट न्यालम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका ल्याइएको हो ।

सिन्धुपाल्चोक हिमालय सिमापार वाणिज्य संघको सहयोगमा ५ वटा सवारी साधनमार्फत उनीहरूलाई काठमाडौँ पठाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयाे । एक महिनादेखि केरूङमा अलपत्र भएर बसेका उनीहरूलाई तिब्बतको न्यालम हुँदै सिन्धूपाल्चोक ल्याइएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयाे ।

केरूङमा विभिन्न पेसा गरी बसेको नेपालीहरू बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हो । पौडेलका अनुसार नेपाल फर्कनेमध्ये धेरै जना रसुवाका रहेका छन् ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


सम्बन्धित