काठमाडौं । निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि सुनसरीको इटहरीस्थित सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आउनसकेको छैन् ।
बसपार्क क्षेत्रमा तीन तल्ले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएपनि ठेकेदारले हस्तान्तरण नगरेकाले सञ्चालनमा आउन नसकेको हो ।
सम्झौताको समयभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न भएको बसपार्क ठेकेदारले भुक्तानी नपाएको कारणले सञ्चालनमा ढिला भएको हो । निर्माणको जिम्मा पाएको श्री अर्थ-हाम्रो-श्रीमान् कम्पनीले निर्माण सम्पन्न गरी भवनसहितका संरचना हस्तान्तरणका लागि तयार पनि भुक्तानि नपाएकाले ढिलाइ भएको जनाएको छ ।
एक बिघामा फैलिएको बसपार्कमा सुविधासम्पन्न तीन तल्ले टर्मिनल भवनको भुइँ तलामा एक सय जना यात्रु बस्न मिल्ने प्रतीक्षालय, टिकट काउन्टर, मिनीमार्ट, सार्वजनिक शौचालय र कन्ट्रोल रूम निर्माण गरिएको छ।
नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा बसपार्क ९ करोड ४८ लाख ८३ हजार खर्च गरेर निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।