न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्नु मानव अधिकार विपरितः सांसद गौतम

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्नु मानव अधिकार विपरितः सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाकी सांसद सोविता गौतमले राज्यका निकायहरूबाटै व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । 

सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरू मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

उहाँले मानव अधिकार उल्लङ्घन रोक्न आवश्यक कानूनी सुधार गर्न पनि आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.