रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका-४ उवा, थापाखर्कका ७२ वर्षीया गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहित कुमार शाहीकाअनुसार भान्सा घरमा बसी रहेका घर्तीमगको घर माथीबाट आएको पहिरोले घर पुरिँदा मृत्यु भएको बताउनु भएको छ। 

घटनास्थलमा अहिले प्रहरी हवल्दारको नेतृत्वमा ५ जनको टोली र स्थानीयले उदार कार्य जारी राखेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.