सतर्कताका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सतर्कताका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारी वर्षाको अनुमान गर्दै आवश्यक सतर्कताका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको उल्लेख गर्दै मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न अनुरोध गर्नु भएको छ । साथै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समेत सबैमा आग्रह गर्नु भएको छ । सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि उहाँले निर्देशन दिनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.