पर्वतको लाङ्दीमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता

पर्वत । पर्वतको लाङ्दीमा पहिरामा घर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा वृद्ध दम्पती बेपत्ता भएका हुन् । गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएको जनप्रतिनिधिले जनाएका छन् ।

विश्वकर्माकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको बताइएको छ । स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।

गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.