जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा संवादमा सम्बोधन गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा संवादमा सम्बोधन गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामे लगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा संवादमा सम्बोधन गरिने बताउनुभएको छ । थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्र सहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गर्नुभयो । 

आयोजक संस्था साथसाथै फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर थामे सम्मेलनपछि तयार पारेको प्रतिवेदन बुझाएको हो ।

जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै संस्थाले वैशाखको दोस्रो हप्ता हिमपहिरोले प्रभावित क्षेत्रमा पुगेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गरेको थियो ।

यसैबीच आजै भएको गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटी : जस्टिस फर लस एन्ड ड्यामेज’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका सन्तति सुरक्षित र सम्मानित होऊन् भनेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.