मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूद्वारा विरोध प्रदर्शन

चैत्र ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं । मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सिनियर अहेब तथा अनमी संघर्ष समिति का संयोजक मोहन साहकाअनुसार स्वास्थ्य सेवा ऐन, २०५३ मा उल्लेखित तह मिलानको सामान्य सिद्धान्तलाई मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनले तोडेको आरोप लगाइएको हो ।

स्थानीय सेवा ऐन, २०८१ अनुसार तह मिलान र स्तरवृद्धिको व्यवस्था गरिएको भए पनि संघीय र प्रदेशस्तरीय निकायहरूले स्पष्ट निर्देशन नदिँदा अन्योलता बढेको उनीहरूको गुनासो छ । अन्य छ वटै प्रदेशमा नभएको विभेदकारी व्यवस्था लागू गरिएको भन्दै विरोध गरिएको छ ।

संघीय स्वास्थ्य सेवा ऐन, २०५३ को मर्मविपरीत ल्याइएको यो प्रावधान स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउने भन्दै संशोधन प्रश्ताव तत्काल फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मधेस प्रदेशका १३६ वटै पालिकामा कार्यरत अहेब तथा अनमीहरू आफ्नो माग पूरा गराउन दबाब दिन मुख्यमन्त्री, प्रदेशसभा सभामुख तथा जिल्ला प्रशासन कार्यालय धनुषामा शुक्रबार ज्ञापनपत्र बुझाएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.