ढुंगाले च्यापेर एक्सकाभेटर चालकको मृत्यु

फाल्गुन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
ढुंगाले च्यापेर एक्सकाभेटर चालकको मृत्यु

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका-१ चिस्याङमा ढुंगाले च्यापेर एक जना एक्सकाभेटर चालकको मृत्यु भएको छ । बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापेर एक्सकाभेटर चालक तनहुँ आँबुखैरेनी गाउँपालिका-६ का ४५ वर्षीय रामबहादुर आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालिका हाइड्रोको ड्याम जाने बाटोमा बागमती प्रदेश-०६–००१क ०१३१ नम्बरको एक्सकाभेटर खन्ने क्रममा माथिबाट ठूलो ढुंगा खस्दा च्यापिएर चालकको मृत्यु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement