कान्तिपुर टेलिभिजनका संवाददाता धमलालाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन पत्रकारिता पुरस्कार

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनका संवाददाता धमलालाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन पत्रकारिता पुरस्कार

काठमाडौं । यस वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका संवाददाता रमेश धमला सहित तीनजना पत्रकारलाई प्रदान गरेको छ ।

आयोगले ३४ औं स्थापना दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध लेखिएको समाचार सहितको आवेदन माग गरेको थियो । सूचना विभाग, प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ र आयोगको प्रतिनिधि सहितको निर्णायक मण्डलले दिएको अकंका आधारमा कान्तिपुर टेलिभिजनका धमलाले पुरस्कार प्राप्त गर्नु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो । धमलाले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको घोटालाको गोप्य कागजात सहितको समाचार सार्वजनिक गर्नुभएको थियो ।

उहाँले सुन तस्करी काण्ड, नक्कली भुटानी शरणार्थी, भ्रष्टाचारमा जनप्रतिनिधि संलग्न रहेको, उच्च तहका सरकारी कर्मचारीबाट भएको भ्रष्टाचार सम्बन्धी समाचार कान्तिपुर टेलिभिजनबाट सार्वजनिक गर्दै आउनुभएको छ । पत्रकार धमलाले भ्रष्टाचार, सुशासन र राष्ट्रिय सुरक्षा सम्बन्धी समाचार लेख्दै आउनुभएको छ ।

आयोगले नयाँ पत्रिका दैनिकका नवराज मैनाली र नागरिक दैनिकका टपेन्द्र कार्कीलाई पनि यस वर्षको पुरस्कार प्रदान गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement