गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डढेलो ४ दिनसम्म समेत नियन्त्रणमा आएन

माघ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डढेलो ४ दिनसम्म समेत नियन्त्रणमा आएन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तरगत चीनसँग जोडिएको गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डढेलो ४ दिन बितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोका कारण संरक्षणक्षेत्र नजिकको राङबुसा गाउँ जोखिममा परेको छ । सेना परिचालन गरे पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

शुक्रबारदेखि लागेको आगो निभाउन हेलिकोप्टर प्रयोग गरिए पनि जंगलमा आगो दन्किरहेको छ । भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाका अनुसार आगोले त्यसक्षेत्रमा रहेको चौरी गोठ जलेको खबर आएको छ । तर क्षतिको विवरण भने आउन बाँकी रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.