चितुवा मृत फेला, शिकारमा विष हालिएको आशंका

माघ १९, २०८१ |चक्र भण्डारी
चितुवा मृत फेला, शिकारमा विष हालिएको आशंका

दैलेख । दैलेखको आठबीस नगरपालिका वडा नं. ३ देउली थाप्ले सामुदायिक वनको बडाखोला भन्ने ठाउँमा मृत अवस्थामा चितुवा फेला परेको छ । सवडिभिजन वन कार्यालय राकमका वन अधिकृत विवेक बेलबासेका अनुसार अन्दाजी ४ वर्षको पोथी चितुवा मृत फेला परेको हो ।

मृत चितुवालाई दैलेख सदरमुकामको पशु अस्पतालमा ल्याई शव पोस्ट मोर्टम गराई गाडिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिनुभयो ।

पोस्टमोर्टम गर्दा चितुवाले मारेको पशुमा कसैले विष हालेको र दोहोर्‍याएर मासु खान आएको चितुवाको त्यही विषले मृत्यु भएको हुनसक्ने अनुमान रहेको वन अधिकृत दासले बताउनुभयो । चितुवा कसरी मर्यो भनेर घटनाको थप अनुसन्धान थालिएको छ । मृत चितुवाको तौल २७ केजीको थियो ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement