रवि लामिछानेलाई आज कास्की लगिदै

मंसिर २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई आज कास्की लगिदै

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पर्सामा बयान लिने काम सकिएको छ । 

हिजो बिहान ९ बजे बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याइएका लामिछानेसँग १० बजेदेखि सुरु भएको थियो । दिउँसो २ बजे बयान सकिएको हो । बयानका क्रममा लामिछानेसँग ५० वटाभन्दा बढी प्रश्न गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । लामिछानेलाई आज कास्की पठाइने पर्सा प्रहरीले जनाएको छ। वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्न लामिछानेलाई सोमबार वीरगन्ज पुर्‍याइएको थियो ।

जिबी राई सञ्चालक रहेको सो सहकारीका बचतकर्ताको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको थियो । रकम हिनामिनाविरुद्ध प्रहरीमा उजुरी परेको र छानबिन समितिले समेत रवि लामिछाने समेतको संलग्नतामा झण्डै ८ करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको भन्दै छानबिन र अनुसन्धानका लागि सिफारिस गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement