काठमाडौं । चर्चित वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले चार जना नेपालीलाई कैद र जरिवाना गराउने फैसला गरेको छ । विशेष अदालतले बिहीबार राति १० बजे संक्षिप्त फैसला सार्वजनिक गर्दै तत्कालीन पर्यटन सचिव तथा नेपाल वायुसेवा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो । यसैगरी ७ जना विदेशी नागरिक पनि दोषी ठहर भएका छन् । अख्तियारले ३२ जनालाई प्रतिवादी बनाए पनि अदालतले तत्कालीन पर्यटनमन्त्री एवम् पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसहित अन्यलाई सफाइ दिएको छ ।
वाइडबडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भने विशेष अदालतले सफाई दिएको छ । कर्मचारी दोषी देख्दा अदालतले तत्कालीन पर्यटनमन्त्रीलाई भने कसरी निर्दोष देख्यो त ?