काठमाडौं । गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण तत्काल रोक्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
प्यालेस्टाइनमाथि इजरायलद्वारा भइरहेको आक्रमणविरुद्ध विभिन्न दल तथा संघसंस्थाको संयुक्त अभियानले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले इजरायल र अमेरिकाले प्यालेस्टिनी नागरिकमाथि आतंक फैलाएको आरोप लगाएका थिए । अमेरिकाले इजरायललाई हतियार दिन बन्द गर्नुपर्ने उनीहरुको माग थियो ।
एक वर्षदेखि जारी इजरायल-हमास युद्धका कारण ४३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मारिनेमा अधिकांश महिला र बालबालिका छन् ।