सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइयो

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइयो

काठमाडौं । सहकारी ठगी आरोपित इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बागलुङ र पोखरामा सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा आरोपित देवकुमार नेपाली सहकारी ठगीको कसुरमा २०८० जेठदेखि फरार थिए । भारतको दिल्लीमा शुक्रबार पक्राउ परेपछि नेपालीलाई आइतबार राति बागलुङ ल्याइएको थियो ।

नेपालीविरुद्ध १ हजार ५ सय ७३ जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको थियो ।

नेपालीले सहकारीका बचतकर्ताको १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५ सय २५ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर भएको थियो । उनीसहित १३ जनाविरुद्ध २०८० असारमा जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.