११ ठाउँमा भासिएको बीपी राजमार्ग तत्कालै खुलाउन कठिन

आश्विन १५, २०८१ |पुजन धिताल
११ ठाउँमा भासिएको बीपी राजमार्ग तत्कालै खुलाउन कठिन
काभ्रे । काभ्रेको धुलिखेलबाट छोटो दूरीमा तराई जोड्ने बीपी राजमार्ग अझै अवरुद्ध छ । रोशी खोलाले बगाएको ठाउँठाँउमा डाइभर्सन ट्रयाक खोल्नुपर्ने देखिएको छ । सिन्धुली खण्डमा ट्रयाक खोल्न थालिए पनि कम्तिमा ११ ठाउँमा भासिएको राजमार्ग मर्मत गरेर तत्कालै खुलाउन कठिन देखिएको छ। हिँडेर गन्तव्य लागेको यात्रुको सास्ती भनिसाध्य छैन। सादा खानालाई ३ सय ८० अनि एक बोतल पानीलाई एक सय ५० रुपैयाँसम्म तिरेर यात्रुहरू खान यात्रु बाध्य छन् । सडक डभिजन कार्यालय काभ्रे भने दशैँअघि नै सडक खुलाउने विश्वासका साथ काम गरिरहेको बताउँछ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।