माथिल्लो तामोकोसी जलविद्युत केन्द्रमा बेपत्ता भएका चार जनामध्ये दुई जनाको शव भेटियो

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
माथिल्लो तामोकोसी जलविद्युत केन्द्रमा बेपत्ता भएका चार जनामध्ये दुई जनाको शव भेटियो

दोलखा । माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडबक्सको विद्युत् सञ्चालन गृह शनिबार पहिरोले पुरिँदा बेपत्ता भएका ४ जनामध्ये २ जनाको शव फेला परेको छ ।

आइतबार दिउँसो नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले पहिरोले पुरिएको विधुत् सञ्चालन गृह निजकै खोजी गर्दा क्षतविक्षत् अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेला परेका शवको सनाखत भने हुन सकेको छैन । पहिरोमा थप २ जना बेपत्ता छन् । उनीहरूको खोजी पुनः सोमबार गरिने प्रहरीले जनाएको छ । फेला परेको शवलाई नेपाली सेनाको हेलिकप्टरबाट चरिकोट ल्याइएको प्रहरीले जनाएको छ ।

पहिराले विद्युत् संचालन गृह क्षतिग्रस्त बनाएपछि ४ सय ५४ मेगावाटको तामाकोसी विधुत केन्द्रको उत्पादन ठप्प भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.