झ्याप्लेखोलामा पुरिएको गोरखाको बसबाट निकालिएका चालकसहित ५ जना मृतकको परिचय खुल्यो

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
झ्याप्लेखोलामा पुरिएको गोरखाको बसबाट निकालिएका चालकसहित ५ जना मृतकको परिचय खुल्यो

गोरखा । धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा पहिरोमा पुरिएको गोरखाको यात्रुवाहक बसबाट चालक सहित ५ जनाको शव निकालिएको छ ।

पहिरोमा पुरिएका सवारी साधनको खोज तथा उद्धारका क्रममा आज ना ४ ख २२७० नम्बरको बसबाट चालक गोरखा भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ धावाका मदन दमाई, बसका स्टाफहरु धावाकै विनय भट्टराई, गण्डकी गाउँपालिका फुजेलका नवराज तिवारी, धार्चे गाउँपालिका- ७ का सुकबहादुर गुरुङ रहेको गोरखा दरौँदी यातायात सेवा प्रालिले जनाएको छ ।

बीच बाटोबाट चढेका १ जनाको भने सनाखत हुन सकेको छैन । ती मृतक सुकबहादुर गुरुङको आफन्त भएकोले उनकै सम्पर्कले बीच बाटोबाट चढेको हुन सक्ने आंशका गरिएको छ ।

बसबाट निकालिएका ५ जनाकै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको छ । गोरखाको धार्चे गाउँपालिका- ७ लापुबेँशीबाट काठमाडौंका लागि शुक्रबार बिहान छुटेको ना ४ ख २२७० नम्बरको उक्त बस सोही दिन रातिदेखि सम्पर्कविहीन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.