भक्तपुरको सूर्यविनायकमा पहिरो पन्छाउन अझै तीन दिन लाग्ने

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरको सूर्यविनायकमा पहिरो पन्छाउन अझै तीन दिन लाग्ने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउन अझै तीन दिन लाग्ने भएको छ ।

आजदेखि काम थालेको स्थानीय सरकारले पहिरो पन्छाउन तीन दिन लाग्ने जनाएको हो । सूर्यविनायकस्थित पर्यटकीयस्थल घ्याम्पे डाँडामा छुट्टि मनाउन गएका तीन सय भन्दा बढी आन्तरिक पर्यटक पहिरोका कारण त्यहाँ फसेका छन् । नगरपालिकाले दुई वटा डोजर लगाएर पहिरो पन्छाइरहेको छ ।

त्यस्तै हिजो हनुमन्ते खोलामा अएको बाढीका कारण डुबानमा परेका राधेराधे, जगाती क्षेत्रको सफाइमा आज बिहानैदेखि स्थानीयबासी जुटेका छन् । राधेराधे क्षेत्रमा अहिले मेसिनले तानेर पानी निकालिँदैछ ।

भक्तपुरमा हिजो हिरोमा पुरिएर आसापुरीमा दुई र पालासेमा गर्भवतीसहित तीन गरी पाँच जनाको मृत्यु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.