एम्बुलेन्स र अत्यावश्यक वस्तु बोकेका सवारीका लागि नागढुंगा सुरुङमार्ग खोलियो

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
एम्बुलेन्स र अत्यावश्यक वस्तु बोकेका सवारीका लागि नागढुंगा सुरुङमार्ग खोलियो

काठमाडौं । झ्याप्लेखोलाको पहिरोले नागढुंगा-मुग्लिन सडक खण्ड अवरुद्ध छ । सडक अवरुद्ध भएपछि सयौं सवारी साधन रोकिएका छन् । 

यसैबीच, एम्बुलेन्स तथा अत्यावश्यक वस्तु बोकेका सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्गबाट पठाउन थालिएको छ । सवारीसाधनको चाप बढेपछि अत्यावश्य साधनलाई भने सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको प्रहरीले जनाएको छ ।

झ्याप्लेखोलामा पहिरोमा परेका सवारी साधनमा परेका यात्रुको उद्धारकार्य जारी छ । हालसम्म झ्याप्लेखोला पहिरोबाट ३५ जनाको शव निकालिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.