बाढीपहिरोका कारण काभ्रेमा ३३ को मृत्यु ,१४ वेपत्ता, हेलिकप्टरबाट उद्धार हुँदै

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोका कारण काभ्रेमा ३३ को मृत्यु ,१४ वेपत्ता, हेलिकप्टरबाट उद्धार हुँदै

काभ्रे । दुईदिन देखि आएको अविरल वर्षाका कार बाढीपहिरोबाट काभ्रेमा ३३ को मृत्यु भएको छ ।

धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, भुम्लुमा गरी १० जना, रोशी गाउँपालिकामा ११ र तेमाल गाउँपालिका १२ जनाको मृत्यु भएको हो ।

जिल्लाका अधिकांश क्षेत्रमा विद्युत र सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन । वीपि राजमार्गमा फसेका यात्रु र रोशी गाउपालिकाको नार्के बजारमा २६ घरहरु भत्किएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनु भयो । सेनाको हेलिकप्टर मार्फत रोशी गाउँपालिका-९ नार्के बजारमा बाढीपहिरोमा फसेकाहरुको उद्धारकार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालयका काभ्रेका अनुसार धुलिखेल नगरपालिकाका १० र ११ वडामा १-१ जना, बनेपा नगरपालिका-१४ मा २ महिला, बनेपा-१० मा १ बालक, पनौती नगरपालिका-१२ मा १ महिला, पनौती-४ मा १ बालक, नमोबुद्ध नगरपालिका-२ मा १ बालक र १ बालिका, भुम्लु गाउँपालिका-८ मा १ पुरुष गरी १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिनु भयो । काभ्रेमा मात्र पहिरोमा परी हालसम्म १४ जना बेपत्ता छन् भने १६ जना घाइते भएका छन् ।

रोशी-१ मा १ जना, वडा ३ मा ३ जना, वडा ४ मा एकै परिवारका ५ जना, वडा ९ मा २ जना र वडा १० का १ जना गरी १२ जनाको मृत्यु भएको छ । रोशी-१० मा पहिरोमा पुरिएर १ जना बेपत्ता रहेको पालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनु भयो ।

तेमाल गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले जानकारी दिनु भयो । तेमाल-२ स्थित चुखामा एकै परिवारका ८ जनाको मृत्यु भएको , त्यस्तै तेमाल-७ स्थित चापाखोरीमा पहिरोले घर पुरिएर दुई महिलाको मृत्यु भएको लामाले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ५५ वर्षीया एकल महिला पुतली तामाङ र उनकी बहिनी तथा तेमाल-४ मा २ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

अहिले सम्म ८३ जना भन्दा बडी उद्दार गरेर धुलिखेल अस्पताल ल्याईसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.