खुम्बु क्षेत्रमा हिमपातमा अलपत्र परेका ४ पर्यटकको उद्धार

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
खुम्बु क्षेत्रमा हिमपातमा अलपत्र परेका ४ पर्यटकको उद्धार

सोलुखुम्बु । खुम्बु क्षेत्रको इम्जा तालतर्फ पदयात्रामा निस्किएर अलपत्र बनेका ४ जना पर्यटकको नेपाल प्रहरीले उद्धार गरेको छ । इम्जा पदयात्रा जाने क्रममा बाटो बिर्सिएर अलपत्र परेका १ विदेशीसहित ४ पर्यटकको प्रहरीले उद्धार गरेको हो ।

शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित समुद्री सतहबाट ५ हजार मिटर माथिको उचाईमा रहेको खुम्बीला भन्ने स्थानमा अलपत्र परेका १ विदेशी र ३ नेपाली पर्यटकलाई प्रहरीले खोजी गरेर उद्धार गरेको हो ।

निरन्तरको वर्षाले हिमाली क्षेत्रमा हिमपात भएपछि बाटो भुल्दा अलपत्र परेका विदेशी नागरिक सिंगापुरका लिन छुन हेन्ज र नेपालीहरु ओखलढुंगाका कृष्ण राज गुरुङ, धरानका भीम बहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका विपन तामाङलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

अविरल हिमपातका कारण बाटो नै पहिचान गर्न नसकि उनीहरु बीचमा फसेका थिए । जिल्लाकै सबैभन्दा अग्लो स्थानमा ४ हजार ४ सय १० मिटरको उचाईमा रहेको अस्थायी प्रहरी चौकी टोलीको गस्तीका क्रममा पर्यटकहरु फसेको अवस्थामा भेटिएको थियो ।

उद्धार गरिएका उनीहरुको लबुचे सम्म ल्याएर स्वास्थ्य जाँच गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिका प्रसाद घिमिरेले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement