काभ्रेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

काभ्रे । काभ्रेमा अविरल बर्षाका कारण पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका-५ च्याल्टीमा पहिरोमा पुरिएर ४५ वर्षीय प्रेम बहादुर वाइबा मृत्यु भएको छ ।

बेथानचोक-५ मै रहेको साजीखोल्सा तरेर जाँदै गर्दा माथिबाट आए‍को पहिरोले पुरेर वाइबाको मृत्यु भएको वडाध्यक्ष राज कुमार वाइबाले बताउनु भयो ।

उहाँका अनुसार घटना स्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement