सुपर त्रिशूली हाइड्रोपावरको टिपर त्रिशूलीले बगायो

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुपर त्रिशूली हाइड्रोपावरको टिपर त्रिशूलीले बगायो

गोरखा । सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिपर त्रिशूलीले बगाएको छ ।

गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र चितवनको इच्छाकामना ३ स्थित निर्माणाधीन १०० मेगावटको सुपर त्रिशूली हाइड्रो पावरको निर्माणको कामका लागि नदीको धार परिवर्तन गर्न काम गरिरहेका ३ वटा टिपर, दुई वटा स्काभेटर र एक लोडर पानीको बहाव बढेपछि नदीकोबीचमै फसेका हुन् ।

शुक्रबार बिहान ८ बजे पानीको बहाव बढेपछि चालकसहित कामदारहरुलाई सो स्थानबाट सुरक्षित रुपमा उद्धार गरिएको छ । चितवन तर्फबाट गोरखातर्फ नदीको धार परिवर्तन गर्ने काम भइरहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement