नेपालको अर्थतन्त्रलाई माथि उठाउने मुख्य आधार पर्यटन हो : कार्यबाहक प्रधानमन्त्री सिंह

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालको अर्थतन्त्रलाई माथि उठाउने मुख्य आधार पर्यटन हो : कार्यबाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन नेपालको अर्थतन्त्रलाई माथि उठाउने मुख्य आधार भएको बताउनुभएको छ ।

४५ औं पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री सिंहले पर्यटन प्रवर्द्धन गरी अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यो सरकार बनेको दाबी गर्नुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको आकाश असुरक्षित छ भनेर गलत प्रचार नगर्न आग्रह गर्नु भयो । उहाँले नेचर, कल्चर र एडभेन्चरको सदुपयोग गरेर नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन सकिने बताउनु भयो ।

मन्त्री पाण्डेले भौगोलिकसँगै भाषिक र सांस्कृतिक विविधता रहेकोले प्रचारप्रसारको जिम्मेवारी पाएको पर्यटन बोर्डलाई सुतेर बस्ने छुट नभएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement