निरन्तरको वर्षाले तामाकोशी जलविद्युत् केन्द्रको जलाशय भरिएपछि उत्पादन बन्द

जलाशयका सबै ढोका खोलियो
तटीय क्षेत्रमा सतर्कता उपनाउन आग्रह
आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
निरन्तरको वर्षाले तामाकोशी जलविद्युत् केन्द्रको जलाशय भरिएपछि उत्पादन बन्द

दोलखा । निरन्तरको बर्षाका कारण ४ सय ४५ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको जलाशय भरिएको छ । वर्षाले जलाशय भरिएपछि विधुत् उत्पादन बन्द गरेको हो ।

जलाशय भरिएपछि पानीको सतह घटाउन विधुत् गृहको उत्पादन बन्द गरेको माथिल्लो तामाकोशी विधुत् गृहका प्रमुख पूर्ण गोपाल रञ्जितले बताउनुभयो । तामाकोशी जलाशयको ४ वटै ढोका खोलीएको छ ।

तामाकोशी विधुत् केन्द्रले जलाशयको सबै ढोका खोलेपछि बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबार दिउँसोबाट माथिल्लो क्षेत्रबाट तामाकोसीमा बाढी आएपछि जलाशयको सबै ढोका खोलिएको हो। निरन्तर पानी परिरहकाले बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement