बाढीपहिरोले सडक प्रभावित बनेपछि काठमाडौं भित्रिने र बाहिरिने रात्रि बस सञ्चालनमा रोक

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोले सडक प्रभावित बनेपछि काठमाडौं भित्रिने र बाहिरिने रात्रि बस सञ्चालनमा रोक

काठमाडौं । निरन्तरको वर्षा र बाढीपहिरोले सडक प्रभावित बनेपछि आज राति काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

काठमाडौंको गोंगबुबाट आज थानकोट-नागढुंगा हुँदै बाहिरिने रात्रि बस आज छुटेका छैनन् । पहिरोका कारण रोकिएका र बीचमा रहेका सवारीको हकमा भने समन्वय भैरहेको थानकोट प्रहरीले जनाएको छ ।

यसैबीच चितवनस्थित जिल्ला सुरक्षा समितिले आज राति नारायणगढ- मुग्लिन खण्डमा सवारी चलाउन रोक लगाएको छ । लगातार पानी परिरहेकोले पहिरोको उच्च जोखिम हुने भन्दै क्षति हुनबाट रोक्न राति सवारी सञ्चालनमा रोक लगाएइको हो । आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त खण्डमा गाडी चल्ने छैनन् ।

मनसुनी वर्षाका कारण सात वटै प्रदेश जोखिममा रहने भन्दै गृह मन्त्रालयले आज र भोलि हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक काम परेमा बाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement