सहकारी ठगीका फरार अभियुक्त ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीका फरार अभियुक्त ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पक्राउ परेका छन् ।

सहकारीको ५९ करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका नेपाली २०८० माघदेखि फरार थिए । इन्टरपोलबाट रेड नोटिस जारी गरिएका उनी दिल्ली विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको नेपाल प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । 

सहकारीको रकम अपचलन गरेको आरोपमा उनीसहित ११ जनाविरुद्ध जिल्ला अदालत बागलुङमा मुद्दा विचाराधीन छ । नेपाली २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ढरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement