निरन्तरको झरीले किसानलाई धानबाली बिगार्ने चिन्ता

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
निरन्तरको झरीले किसानलाई धानबाली बिगार्ने चिन्ता

धनगढी । धानबाली भित्र्याउने समयमा निरन्तर झरी परेपछि पश्चिम तराईका किसान चिन्तित भएका छन् । कैलाली र कञ्चनपुरका किसानलाई भित्र्याउने बेला हुनै लागेको धान झरीले बिगार्ने हो भन्ने चिन्ता बढेको हो ।

कतिपय किसानको काटीसकेको धान खेतमै डुबेको छ भने पाकेको धान ढल्न थालेको छ । दशैँअघि नै धान भित्र्याइसक्ने त्यहाँका किसान लगातारको झरीले बर्खाभरी गरेको मिहिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् । धान बेचेर दशैँ खर्च जुटाउने किसानलाई वर्षाले पीडा दिएको छ ।

धनगढी उपमहानगरपालिकासँगै अरू स्थानीय तहले माइकिङ र सूचना जारी गरेर सतर्क रहन आग्रह गरे पनि सूचना नपाएका कतिपय किसानले भने धान काटेपछि क्षति बेहोरेका छन् ।

सुदूरपश्चिममा किसानलाई धान भित्र्याउन भ्याई नभ्याई हुने बेला हो । वर्षा रोकिए पनि खेतभरि पानी भरिएपछि धान कसरी काटने र सुकाउने भन्नै पिरलो किसानलाई छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement