न्याय परिषद्‍द्वारा निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्याय परिषद्‍द्वारा निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं । न्याय परिषद्ले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषद्को आजको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषद् बैठक बसिरहँदा नेपाल बार एसोसिएसनले विरोध स्वरुप धर्ना दिएको थियो । न्याय परिषद् नियमावली खारेजीको माग गर्दै बारले आन्दोलन गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement