खोटाङको बर्खेटारमा पहिरो खस्यो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
खोटाङको बर्खेटारमा पहिरो खस्यो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित बर्खेटारमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले करिब २० मिटर सडक अवरुद्ध बनेको हो । ४० मिटर माथिबाट खसेको पहिरोले सडकमा माटो र ढुङ्गा थुप्रिएको छ । पहिरो पन्छाएर सडक खुलाउनलाई सडक विभाग, स्थानीय र प्रहरीले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सडक अवरुद्ध भएपछि खोटाङ र भोजपुरबाट काठमाडौं र पुर्वी सहरतर्फ आउजाउ गर्ने यात्रु अलपत्र बनेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement