सडकमा लेदो खसेपछि वीपी राजमार्गमा सवारी आवागमनमा अवरोध

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सडकमा लेदो खसेपछि वीपी राजमार्गमा सवारी आवागमनमा अवरोध

काभ्रे । लगातारको वर्षाका कारण सडकमा पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका-७ चार सय बेशीमा माथिबाट लेदो खसेका कारण वीपी राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान ८ बजे देखि अवरुद्ध वीपी राजमार्ग स्थानीय र प्रहरीको प्रयासमा खुलाउने प्रयास भइरहेको बताइएको छ ।

अहिले राजमार्ग एकतर्फी सुचारु भएको काभ्रे प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement