दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

भाद्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

काठमाडौं । दीपकराज जोशी नेपाल पर्यटन बोर्डको सीईओमा नियुक्त हुनु भएको छ । 

सीईओका लागि सिफारिस गरिएका तीन जना उम्मेदवारहरूमध्येबाट बोर्डका लागि ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले आज जोशीलाई सीईओमा नियुक्त गरेको हो । कार्यकारी प्रमुख छनौट उपसमितिमा बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक हुनुहुन्थ्यो । समितिमा थप अरु दुई जना थिए ।

सीईओका लागि छानिएका अन्तिम १४ जनाबाट बिहीबार दीपकराज जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोलाई सिफारिस गरिएको थियो । बोर्डको सञ्चालक समितिको बैठकले ती तीन जना उम्मेदवारहरूबाट आज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

यसअघि पनि जोशीले बोर्डको सीईओको रुपमा काम गरिसक्नु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement