राष्ट्रिय युवा नीति भदौभित्रै आउँछ : युवा तथा खेलकुदमन्त्री

श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय युवा नीति भदौभित्रै आउँछ : युवा तथा खेलकुदमन्त्री

काठमाडौं । सरकारले आगामी भदौ महिनाभित्रै नयाँ युवा नीति जारी गर्ने तयारी गरेको छ ।

युवा दिवसका अवसरमा काठमाडौंमा आज आयोजित सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार युवाका आवश्यकता र भावनालाई सम्वोधन गरी नयाँ नीति ल्याउनुपर्ने बताउनुभयो ।

त्यसै अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने मन्त्री चौधरीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement