बालुवाटार परिसरमा चुरे संरक्षणकर्मीको नाराबाजी

श्रावण २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालुवाटार परिसरमा चुरे संरक्षणकर्मीको नाराबाजी

काठमाडौं । चुरे संरक्षणको माग राखेर आन्दोलनरत संरक्षणकर्मीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा नाराबाजी गरेका छन् ।

चुरे दोहन अन्त्य गरिनुपर्ने, वन जोगाउनु पर्ने, चुरे ऐन तत्काल ल्याउनु पर्ने, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले ५ वर्षमा सञ्चालन कार्यक्रमको छानबिन गरिनुपर्ने लगायत १२ माग अघि सारेर संरक्षणकर्मी र मधेश प्रदेशका स्थानीयहरूले माइतीघरबाट पैदल हिँडेर बालुवाटार परिसरमा नाराबाजी गरेका हुन ।

गत जेठ १० गते २५ जना पीडितहरू पानी माग गर्दै २५ दिन हिँडेर काठमाडौं आइपुगेका थिए । तर, सरकारले चुरेपीडितको माग सम्बोधन गर्न कुनै चासो नदिएको उनीहरूको दुखेसो छ ।

यता सरकारले चुरे संरक्षण गर्न पहल गरिरहेको बताउने गरेको छ । विभागीय वन मन्त्रालयले चुरे संरक्षण र संरक्षणकर्मीको मागमा सरकार गम्भीर रहेको बताएको छ ।

तराईका विभिन्न जिल्लाबाट आएका पीडित र अभियानकर्ताहरू सय दिन देखि माइतीघर मण्डलामा आन्दोलनरत छन् । तर सरकारी संयन्त्रबाट उनीहरूको माग सम्बोधनबारे कुनै पहल नै भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement