काठमाडौंको टुँडिखेल र रत्नपार्कमा सहकारीपीडितको मानवसाङ्लो [फोटो फिचर]

सहकारीपीडित भन्छन्- सरकारले पटक-पटक सहमति गरे पनि कार्यान्वयन गरेन
श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंको टुँडिखेल र रत्नपार्कमा सहकारीपीडितको मानवसाङ्लो [फोटो फिचर]

काठमाडौं । सरकारले पटक-पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितले आज (बिहीबार) काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी पीडितहरुले टुँडिखेल र रत्नपार्क क्षेत्रमा मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् । बचत फिर्ताका लागि पहल गर्न पटक-पटक गरिएको सहमति सरकारले कार्यान्वयन नगरेको पीडितको गुनासो छ ।

सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि दबाब दिन उनीहरुले जेठ ११ गतेदेखि रत्नपार्क क्षेत्रमै रिले अनशन गरेका थिए । अनशन ६५ दिन पुग्दा पनि सरकारले वास्ता नगरेको सहकारी पीडितहरुको गुनासो छ ।

उनीहरुले मुखमा कालो टेप टाँसेर बचतको सुरक्षाको मागसहित प्रदर्शन गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement