पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
 पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

धादिङ । वर्षाका कारण सडकमाथिबाट आएको लेदोको कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी खण्ड एकतर्फी सञ्चालन भएको छ ।

लगातार भारी वर्षा हुँदा सडकको माथिल्लो भागबाट आएको लेदोले राजमार्ग आज बिहान अवरुद्ध बनेको थियो ।

लेदो हटाएर अहिले एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ । माटो र ढुङ्गासहितको लेदो हटाउन निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको थियो । 

फाइल फोटो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.