धनकुटामा बन्दै आठपहरिया संग्रहालय [तस्बिरसहित]

श्रावण ३, २०८१ |विनोद घिमिरे
धनकुटामा बन्दै आठपहरिया संग्रहालय [तस्बिरसहित]

धनकुटा । धनकुटामा सीमान्तकृत आठपहरिया संग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

संघीय सरकारको विशेष अनुदान र धनकुटा नगरपालिकाको दुई करोड आठ लाख रुपैयाँमा धनकुटा सदरमुकामको बिहीबारे हटियामा आठपहरिया संग्रहालयका लागि पूर्वाधार तयार गरिएको हो ।

आठपहरिया जातिको मौलिक डिजाइनमा तयार पारिएको संग्रहालयमा उनीहरुको संस्कार-संस्कृति, वेशभूषा, वाद्यवादन, गरगहना तथा पुरातात्त्विक चिजवस्तु संरक्षण गरी प्रदर्शन गर्ने उद्देश्य छ ।

आवश्यक व्यवस्थापकीय काम सकेर आगामी वर्षबाट संग्रहालय सञ्चालनमा ल्याइने धनकुटा नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् विनोद घिमिरेका थप स्टोरी ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।