पशुपतिनाथ मन्दिर परिसरको वनकालीमा आजदेखि कोटीहोम महायज्ञ

श्रावण १, २०८१ |कान्तिपुर टीभी संवाददाता
पशुपतिनाथ मन्दिर परिसरको वनकालीमा आजदेखि कोटीहोम महायज्ञ

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि कोटीहोम महायज्ञ सुरु भएको छ ।

मानव सेवा फाउन्डेसनलगायत संघ संस्थाको आयोजनामा सुरु भएको एक महिने कोटीहोम महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्त तथा ख्यातिप्राप्त कथा वाचकबाट प्रवचन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, चन्द्रकला सखी लगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ ।

महायज्ञमा एक सय आठ पण्डितबाट वैदिक मन्त्रसहित नियमित हवन, कन्या पूजन, तुलादान लगायतका कार्यक्रम गरिनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.