सुक्खा पहिरोले गोरखाको बेनिघाट-लार्के सडक अवरुद्ध

जेष्ठ १३, २०८१ |भीमलाल श्रेष्ठ
सुक्खा पहिरोले गोरखाको बेनिघाट-लार्के सडक अवरुद्ध

गोरखा । गोरखाको धार्चे गाउँपालिका ३, उहियाँको यारुनजिकै सुक्खा पहिरो जाँदा बेनिघाट-लार्के सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार दिउँसो साढे २ बजेतिर गएको सुक्खा पहिरोले सडक अवरुद्ध भएको प्रत्यक्षदर्शी सुरेन गुरुङले जानकारी दिनुभयो । पहिरोले सडक अवरुद्ध हुँदा चुमनुब्रीको जगतसम्म ट्रक, जिपलगायत सवारीसाधन बाटोमै रोकिएका छन् ।

डाँडा माथिबाट पहिरो आएकाले भोलि बिहान मात्र हटाउन सेनाको सडक निर्माण कार्यदललाई अनुरोध गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । बूढीगण्डकी किनारको उक्त सडकबाटै मानिसहरु पनि हिँड्ने भएकाले पैदलयात्रीको आवागमनमा रोक लगाइएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।