नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ मा एक्स्काभेटरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । आज बिहान ९:१० बजेको समयमा पुल निर्माणको लागि पहाड काट्ने क्रममा पहिरो खस्दा निर्माणमा खटिएको बा २ क ८६५१ नम्बरको एक्स्काभेटर पुरिएको हो ।

घटना लगत्तै पुगेको प्रहरीले चालक बर्दिया गेडुवा गाउँपालिका-४ का ३८ वर्षीय मंगल चौधरीलाई उपचारका लागि भरतपुर ल्याउँदा १०:२२ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीले जनाएको छ ।

सोही स्थानमा मुग्लिनबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख १५११ न. को ट्रकमा समेत सामान्य क्षती भएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.