नक्कली भ्याट बिलमार्फत कर छलीमा भाटभटेनी स्टोर दोषी ठहर

माघ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भ्याट बिलमार्फत कर छलीमा भाटभटेनी स्टोर दोषी ठहर

काठमाडौं । नक्कली भ्याट बिलमार्फत कर छली गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोस्रोपटक पनि दोषी ठहर भएको छ ।

सर्वोच्चका न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको भनी ४ वर्षअघिकोआदेश मंगलबार सदर गरेको हो ।

सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले नक्कली भ्याट बिलमार्फत ठगी गरेको करिब १३ करोड रुपैयाँको राजस्व सरकारलाई बुझाउनुपर्ने भएको छ । नक्कली भ्याट बिल प्रकरणमा लगातार ५ वर्षसम्म सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७६ पुस २६ गते अन्तिम फैसला सुनाउँदै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement