कान्तिपुर टेलिभिजनको नायब समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त

पुस ९, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनको नायब समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त

काठमाडौं । कान्तिपुर टेलिभिजनको नायब समाचार प्रमुखमा रुपेश श्रेष्ठ नियुक्त भएका छन् ।

कान्तिपुर टेलिभिजनको व्यवस्थापनले आजदेखि लागु हुने गरी नायब समाचार प्रमुखमा श्रेष्ठलाई नियुक्त गरिएको सीईओ शिशिर पछाईंले जानकारी दिए ।

कान्तिपुर टेलिभिजनमा आज आयोजित एक कार्यक्रममा श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

श्रेष्ठसँग कान्तिपुर टेलिभिजनसँगै क्लासिक एफएम, एपीवान, ग्यालेक्सी टेलिभिजनमा समेत काम गरेको अनुभव छ ।

यसअघि उनले कान्तिपुर टेलिभिजनकै लोकप्रिय कार्यक्रम ‘फायर साइड’ समेत सञ्चालन गरेका थिए । उनी दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

साहित्यकारसमेत रहेका श्रेष्ठको ‘घिन्ताङ घिसी ट्वाक’ नामक कविता संग्रहसमेत प्रकाशित छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.