रुकुम पश्चिमको डिग्रे साइकुमारी मन्दिरमा एकादशी मेलाको रौनक

मंसिर ११, २०८० |महेश केसी
रुकुम पश्चिमको डिग्रे साइकुमारी मन्दिरमा एकादशी मेलाको रौनक

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका - ५ थर्पुमा रहेको प्रसिद्ध डिग्रे साइकुमारी मन्दिरमा हरेक कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्म विशेष मेला लाग्छ । लठ्ठी प्रदर्शनी मेलाकै प्रमुख आकर्षण हो । स्थानीय कला-संस्कृति प्रवर्द्धनमा मेला महत्वपूर्ण मानिन्छ ।

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे साइकुमारी मन्दिरसाग सम्बन्धित एउटा किंवदन्ती छ । परापूर्व कालमा यो ठाउामा गोठालाहरुले पशुचौपाया चराउाथे । एकदिन साईकुमारी देवी साक्षात प्रकट भई गोठालाहरुलाई मन्दिर स्थापना र पूजाको नियम बताएपछि यो ठाउा तिनै देवीको नामबाट पुज्न थालिएको हो भन्ने जनश्रुति छ । लिखित इतिहासका रुपमा विक्रम संवत् १८ सय १४ सालको घण्टी फेला परेको पुजारी ईन्द्रलाल उपाध्यायले बताए ।

यस मन्दिरमा हरेक दिन नित्य-पूजा हुन्छ । दर्शनार्थीका लागि मन्दिर वर्षका ३ सय ६५ दिन नै खुला रहन्छ भने, कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्म विशेष मेला लाग्छ । मेला भर्न देशका विभिन्न ठाउाबाट हजारौा सर्वसाधारण यहाा पुग्ने गर्छन् । मन्दिरको पूर्वतिर पर्ने सााख गाउाका जनजातिले बाजागाजासहित हातमा भाला र लठ्ठी लिएर पसेपछि मात्रै यो मेला विशेष हुने गर्दछ । सााखबासीको लठ्ठी प्रदर्शनी मेलाको मुख्य आकर्षण हो भने, स्थानीय कला-संस्कृतिको प्रदर्शन एवम् व्यावसायिक दृष्टिले पनि मेलाले निकै महत्व राख्छ ।

मूल मन्दिरको मध्यभागमा एउटा गुफा रहेको र सो गुफाबाट अघि बढेपछि उत्तरमा रहेको सानीभेरी नदीसम्म पुग्न सकिने भनाइसमेत छ । रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट करिब ६ किलोमिटर दूरीमा रहेको यो मन्दिर घना जंगलको बीचमा छ । मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ ।

डिग्रे सिद्ध साईकुमारी भगवतीको यस मन्दिरलाई कर्णाली क्षेत्रको मात्रै नभएर देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।