उच्चका ६ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

मंसिर ७, २०८० |कान्तिपुर टीभी संवाददाता
उच्चका ६ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । उच्च अदालतका नवनियुक्त ६ मुख्य न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज लोहितचन्द शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई उच्च अदालतको मुख्य न्यायाधीशको शपथ गराएका हुन् । यससँगै झन्डै दुई वर्षदेखि रिक्त उच्च अदालतका मुख्य न्यायाधीशको पदपूर्ति भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.