जाजरकोट भूकम्पपछि ६ सय ६ पटक परकम्प

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
जाजरकोट भूकम्पपछि ६ सय ६ पटक परकम्प

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएयता बारम्बार परकम्प गइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार उक्त क्षेत्र तथा जाजकोट जिल्लामा आज बिहान ६ बजेसम्म ६ सय ६ पटक परकम्प गएको छ ।

यसअघि हिजो (सोमबार) बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गत कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता निरन्तर परकम्प जाने क्रम नरोकिएको केन्द्रले जनाएको छ ।

१७ गते गएको भूकम्पले जाजरकोटमा ६७ हजारभन्दा बढी जनसंख्या विस्थापित भएको छ ।

पीडित बढ्दो चिसोमा त्रिपालमुनि रात कटाइरहेका छन् । उक्त भूकम्पले जाजरकोट र रुकुमका ५ सय ३१ वटा विद्यालयमा क्षति पुगेको छ । एक सय ५४ जनाले ज्यान गुमाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.