विपिन जोशी सकुशल : परराष्ट्रमन्त्री साउद (भिडियो)

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
विपिन जोशी सकुशल : परराष्ट्रमन्त्री साउद (भिडियो)

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी सकुशल रहेको जनाएका छन् ।

कान्तिपुर टेलिभिजनसँगको वार्तामा उनले इजरायल सरकारबाट प्राप्त भिडियोमा जोशी सकुशल रहेको देखिएको जनाएका हुन् । उनी सुरक्षित रहे पनि केही आत्तिएजस्तो भिडियोमा देखिएको मन्त्री साउदले जानकारी दिए । जोशीलाई छुटाउन इजरायल तथा कतार सरकार र रेडक्रससँग कुराकानी भइरहेको पनि मन्त्री साउदले कान्तिपुरलाई जानकारी दिए ।

उनले कतार सरकारको महत्त्वपूर्ण भूमिका हुने विश्वाससमेत व्यक्त गरे । उनले केही दिनअघि जोशीका परिवारलाई कञ्चनपुरस्थित घरमै पुगेर रिहाइका लागि पहल गरिरहेको भन्दै आश्वासन दिएका थिए ।

हमासले दक्षिणी इजरायलमा आक्रमणपछि नेपालका विपिन जोशीसहित दुई सय जनालाई बन्धक बनाएको इजरायलले जनाउँदै आएको छ । इजरायलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा हमासले बन्धक बनाएकामध्ये कञ्चनपुरका विपिन जोशी पनि रहेको उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.