
पाँचथर । विद्यार्थीलाई पाँचथर-धनुषा हुँदै शैक्षिक भ्रमणका लागि इलाम लिएर आएको बस मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित किटानीमा दुर्घटना भएको छ ।
३७ जना सवार ना६ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको बताइएको छ । निधन भएकाको परिचय खुलाइएको छैन ।
धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको इलामका प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले बताए ।
बसमा ३७ जना रहेको भनिए पनि ३२ जना मात्रै भेटिएको प्रहरीले जनाएको छ ।